१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सभामुख सापकोटाले कोरोना रोकथाम कोषलाई एक महिनाको तलब दिने

काठमाडौँ — सभामुख अग्‍निप्रसाद सापकोटाले 'कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष'मा एक महिनाको रकम जम्मा गर्ने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा खर्च गर्नका लागि रकम जुटाउन कोष स्थापना गरेको थियो ।

सभामुख सापकोटाले कोरोना रोकथाम कोषलाई एक महिनाको तलब दिने

सरकारको कोष स्थापना गर्ने कदमको स्वागत गर्दै सभामुख सापकोटाले सोमबार आफ्‍नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेका हुन् । उनले संसद सचिवालयलाई आफ्नो एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्न निर्देशन दिएका छन् ।

सभामुखको एक महिनाको पारिश्रमिक ६७ हजार ३ सय २० रुपैयाँ रहेको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि उक्त कोषमा आफ्‍नो एक महिनाको पारिश्रमिक दिने घोषणा गरिसकेका छन् ।

सभामुख सापकोटाले संघीय संसद सचिवालयमा स्थापना गरिएको आइसोलेसन वार्डको पनि अनुगमन गरेका छन् । संसद सचिवालय सिंहदरबारमा सांसद, संसद सचिवालयका कर्मचारी र अन्य व्यक्तिहरूलाई सेवा दिनका लागि आइसोलेसन वार्ड स्थापना गरिएको हो ।

सम्बन्धित समाचारः

प्रकाशित : चैत्र १०, २०७६ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?