कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भोलिदेखि अत्यावश्यकबाहेकका सरकारी कार्यालय बन्द गर्ने तयारी

कर्मचारीलाई घरमै स्ट्यान्डबाईमा राखिने
सीमामा आउने नेपालीको पहिचान गरी क्‍वारेन्टाइनमा राख्न निर्देशन
बिनु सुवेदी

काठमाडौँ — सरकारले भोलि म‌ंगलबारदेखि अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय बन्द गर्ने तयारी गरेको छ । स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी लगायतका अत्यावश्यक सेवाका कर्मचारीलाई भने नियमित काममा बोलाउने तयारी भएको उच्च सरकारी स्रोतले बतायो ।

भोलिदेखि अत्यावश्यकबाहेकका सरकारी कार्यालय बन्द गर्ने तयारी

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले यसबारे निर्णय गर्ने तयारी रहेको स्रोतले बतायो ।

समिति अन्तर्गत गठन गरिएका ६ वटा कार्यदल संयोजकको बैठकले यस्तो निर्णय गर्न सिफारिस गरेको हो । स्रोतका अनुसार अत्यावश्यक सेवाबाहेकका निजामति कर्मचारीलाई घरमै 'स्ट्यान्डबाइ'मा बस्ने निर्देशन दिने सल्लाह कार्यदलमा रहेका मन्त्रीहरुले संयोजक पोखरेललाई दिएका हुन् ।

प्रकाशित : चैत्र १०, २०७६ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?