कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

युएईमा समस्या परे सर्म्पकमा आउनु : नेपाली दूतावास

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को प्रकोपका कारण यूएईमा समस्यामा परेका नेपालीहरुलाई यूएई सरकारले सबै प्रकारको सहयोग प्रदान गर्ने बताएको छ ।

युएईमा समस्या परे सर्म्पकमा आउनु : नेपाली दूतावास

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले यूएईका उच्च सरकारी प्रतिनिधिहरुसँग भएको छलफलमा यूएई सरकारले उक्त कुरा बताएको जानकारी दिएका छन् ।


भिसाको समस्या वा रोजगारीको कटौतीको कारण बस्‍न वा खानामा समस्या परेमा नेपाली दूतावासमा सम्पर्क गर्न पनि दूतावासले जनाएको छ । 'यएईमा हामी कोही पनि नेपालीहरुलाई कुनै पनि कारणले समस्यामा पर्न दिदैनौ’ यूएईका उच्च सरकारी अधिकारीको भनाइलाई उद्ऽिद गर्दै राजदूत ढकालले भने,ॅकसैलाई त्यस्तो समस्या परे नेपाली दुताबासमा संपर्क गर्न भनिदिनु होला’ ।


धेरै नेपालीहरुले विभिन्न कारणले समस्यामा परेको जानकारी गराउँदै दूतावासमा फोन गर्ने गरेको भन्दै राजदूत ढकालले दूतावासले सो विषयमा युएई सरकारसँग छलफल गरेको जानकारी दिए ।


साथै दूतावासले अहिलेको विषम परिस्थितिमा होसियारी अपनाउन र सरसफाइ तथा स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न आह्‍वान गरेको छ ।

प्रकाशित : चैत्र १०, २०७६ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?