कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

मेची पुलमा रोकिएका नेपाल आए

पर्वत पोर्तेल

काँकडभिट्टा — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नाकाबन्दीका कारण सीमा नाकामा अलपत्र नेपालीलाई प्रवेशका लागि स्थानीय सरकार र प्रशासनलाई निर्देशन दिएपछि उनीहरु नेपाल प्रवेश गरेका छन् । अपरान्ह उनीहरुलाई नेपाल आउने अनुमति दिइएको थियो । नेपालतिर अलपत्र भारतीयहरुलाई पारी पठाइएको छ ।  

मेची पुलमा रोकिएका नेपाल आए

नाकाबन्दीका कारण बन्द सीमा नाकाको निरीक्षणका लागि सोमबार पूर्वी नाका काँकडभिट्टा आएका उनले सीमामा अलपत्र यात्रीहरुलाई प्रवेशका लागि केन्द्र सरकारसँग समन्वय गरेको जनाए ।

उनले नेपालतिर अलपत्र भारतीय र भारततिर अलपत्र नेपाली नागरिकसँग भेटेका थिए । नेपाली नागरिकसँग उनले भने,‘तपाईंहरुको समस्यालाई मध्यनजर गरेर हामी प्रवेश दिदैछौं । तर, तपाईंहरु कम्तिमा ७ दिन सेल्फ क्वारेन्टाइनमा बस्दिनु होला ।’


नाकाबन्दीका कारण नेपाल आउने र भारत जाने यात्रीले पूर्वी नाका दिनभर अस्तव्यस्त थियो । नेपाल आउन लागेका यात्रीको शरीरको तापक्रम जाँचेर छाडिने र सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिने डीएसपी राजेन्द्र पोख्रेलले जनाए ।


भारतबाट नेपाल फर्किन लागेका करिब पाँच सय यात्रीले नेपाल प्रवेशको माग गर्दै केही समय अघि मेची पुलमा नाराबाजी समेत गरेका थिए ।

यो पनि पढ्नुहोस्ः

घर फिर्न पाउनुपर्ने भन्दै मेची पुलमा नाराबाजी

प्रकाशित : चैत्र १०, २०७६ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?