१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सुनौली नाकामा अलपत्र परेका नेपाल प्रवेश गरे

माधव ढुंगाना

भैरहवा — सिमानाबाटै नेपाल आउनमा रोक लगाइएपछि सुनौली नाकामा अलपत्रमा परेका नेपालीको ठूलो समूहलाई आठ घण्टापछि नेपाल आउन अनुमति दिइएको छ ।

सुनौली नाकामा अलपत्र परेका नेपाल प्रवेश गरे

लामो यात्राका क्रममा सिमाना बन्द हुने जानकारी नपाएपछि भारतको विभिन्‍न स्थानबाट घर फर्केका नेपालीको समूह सोमबार बिहान १० बजेदेखि सिमानाबाट नेपाल आउनमा रोक लगाइदा भारततर्फ नै अलपत्रमा परेका थिए । सोमबार साँझ ६ बजेतिर स्थानीय प्रशासनले उनीहरुलाई नेपाल आउने अनुमति दिएको थियो ।


रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले उनीहरुलाई मानवीयताको आधारमा सबैको विस्तृत विवरणसहितको फर्म भरेर नेपाल आउने अनुमति दिइएको बताए । ‘उनीहरुलाई थेग्‍न सक्ने खालको क्‍वारेन्टाइन नभएकाले व्यक्तिगत विवरण विस्तृत रुपमा भरेर र सिमानामा स्वास्थ्य परीक्षण गरेर नेपाल आउन अनुमति दिइएको हो,’ प्रजिअ पन्थले भने,‘ती फर्महरु सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाइने छ र केही परेमा त्यहीँबाटै उनीहरुको निगरानी हुने छ ।’


उनीहरु ट्रान्जिटका क्रममा रहेको र भारततर्फपनि अ-आफ्नै देशमा जान भनी हटाउन थालेपछि उनीहरु समस्यामा परेकाले मानवीय समस्या आएको पन्थले बताए । अब उप्रान्त यसरी आउने कसैलाईपनि नेपाल आउने अनुमति नदिइने उनले जनाए । उनका अनुसार, करिब ३ सयको संख्यामा रहेका नेपालीलाई नेपाल आउने अनुमति दिइएको हो । त्यसपछि सिमानाबाट नेपाल आउनमा पुन रोक लगाइएको छ ।


नेपाल आउन नपाएपछि सोमबार बिहानदेखि सुनौली नाकामा अलपत्रमा परेका नेपालीको समूहमा महिला र बालबालिका पनि थिए ।

यो पनि पढ्नुहोस्ः

बोर्डर बन्द भएपछि सुनौली नाकामा २ सय नेपाली अलपत्र

प्रकाशित : चैत्र १०, २०७६ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?