कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अत्यावश्यक काममा बाहेक घरबाट बाहिर निस्कन र सवारी साधन सञ्‍चालन गर्न नपाइने

व्यवसायिक उडानमा पनि रोक

काठमाडौँ — मंगलबार देशभर लकडाउन गर्ने सरकारको घोषणासँगै सरकारले निजी र यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले सवारी साधनसहित आन्तरिक व्यवसायिक उडानहरु चैत १८ गते बिहान ६ बजेसम्मका रोक लगाउने निर्णय गरेको हो ।

अत्यावश्यक काममा बाहेक घरबाट बाहिर निस्कन र सवारी साधन सञ्‍चालन गर्न नपाइने

अनुमति प्राप्त सवारी साधन,स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बोहक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय समितिले गरेको छ ।


यस्तै, औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन सरकारले निर्देशन जारी गरेको छ ।


यस्तै, सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

प्रकाशित : चैत्र १०, २०७६ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?