१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

त्रिवि शिक्षण अस्पतालले कोरोना टेली हेल्थ सेन्टरबाट सर्वसाधारणलाई परामर्श दिने

काठमाडौँ —  त्रिवि शिक्षण अस्पतालले सर्वसाधारणको सुविधाका लागि कोरोना टेली हेल्थ सेन्टरबाट सुविधा दिने भएको छ । मंगलबार सूचना जारी गर्दै अस्पतालले बिरामीले कुनै समस्याका बारेमा परामर्श लिनु परेमा जुम, स्काइप वा अस्पतालको हटलाइन नम्बरमा सम्पर्क गर्न सक्ने बताएको हो ।

त्रिवि शिक्षण अस्पतालले कोरोना टेली हेल्थ सेन्टरबाट सर्वसाधारणलाई परामर्श दिने

यसका लागि ०१-४४१००३४ मा डायल गर्न सकिनेछ भने जुम एपको आइडी ८०६१५०९३२४ मा सम्पर्क गर्न सकिने अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जनाएका छन् । यसबारे थप जानकारी अस्पतालको फेसबुक पेजमा पनि दिइएको छ । जसमा विभिन्न रोगको परामर्श सुविधाको हट नम्बरहरु उपलब्ध गराइएको छ ।


यो सेवा बिहानको १० बजेदेखि दिउँसोको ३ बजेसम्म सम्पर्क गरी लिन सकिने अस्पतालले जनाएको छ । अस्पतालमा आउने बिरामी तथा कुरुवाहरुबाट जोखिम न्यूनीकरण गर्ने उद्धेश्यले सेवाग्राहीका लागि सेन्टरबाट परामर्श दिने सूचनामा उल्लेख छ । अस्पतालले टेली सेन्टरबाटै नाक, कान तथा घाँटी, छालारोग, मनोरोग, नसारोग आदिको परामर्श लिन सकिने छ ।


कर्मचारीले अनवार्य रुपमा परिचयपत्र बोक्नुपर्ने

त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत नर्स, चिकित्सक लगायतका कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउनुपर्ने भएको छ ।


अस्पतालले आज एक विज्ञप्ति जारी गरी कोभिड–१९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको सूचनालाई ध्यानमा राखी काममा आउने कर्मचारीलाई अनिवार्य रुपमा परिचयपत्र लगाउन निर्देशन दिएको हो । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले कोभिड–१९ को सम्भावित संक्रमणलाई ध्यानमा राखेर सरकारले ‘लकडाउन’ गरिसकेको अवस्थामा अस्पतालमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउनु उचित हुने बताए ।


सरकारले कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी आजदेखि आगामी चैत १८ गते साँझ ६ बजेसम्म देशभर ‘लकडाउन’ गर्ने निर्णय गरेको छ ।

प्रकाशित : चैत्र ११, २०७६ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?