कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

नेपाललाई चिकित्सा सामग्रीहरु उपलब्ध गराउँछौं : चिनियाँ राजदूत

नेपालले मगाएको सम्पूर्ण सामग्री एकै पटक आउन कठिन

काठमाडौँ — नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न आफ्नो मुलुकले चिकित्सा सामग्रीहरुको सहयोग गर्ने चिनिया राजदूत होउ यान्छीले मंगलबार बताएकी थिइन् ।

नेपाललाई चिकित्सा सामग्रीहरु उपलब्ध गराउँछौं : चिनियाँ राजदूत

होउले आफ्नो ट्वीटर ह्यान्डलमा लेखिकी छन्, 'हामी नेपालका लागि प्रार्थना गर्दैछौ । हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्‍याउन चिकित्सा सामग्रीहरू सकेसम्म मिलाउँदै छौं ‌। हामी साथमा छौ‌ं ।'

चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस अहिले संसारभर अधिकांश मुलुकहरुमा फैलिएको छ । चीनले भने उक्त भाइरसलाई नियन्त्रणमा लिइसकेको छ । चीनले आफ्नो मुलुकमात्र होइन, यूरोपका स्पेन, इटाली र फ्रान्समा पनि स्वास्थ्य सामग्री र मानवीय सहायता पठाएको छ ।

प्रकाशित : चैत्र ११, २०७६ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?