१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

चीनबाट औषधि र सहयोग सामाग्री छिटो आइपुग्छ : ज्ञवाली

'सबै सहयोग एकैचोटी नआउने'
जगदीश्वर पाण्डे

काठमाडौँ — नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि चीन सरकारले नेपाल सरकारलाई सहयोग गर्ने कुटनीतिक माध्यममार्फत् पत्र लेखेकोमा सहयोग छिटै आउने भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

चीनबाट औषधि र सहयोग सामाग्री छिटो आइपुग्छ : ज्ञवाली

नेपालले पत्रसाथ आवश्यक सामाग्री, औषधि र सहयोगको सुची पनि नेपालले पठाएको छ । विदेशी मुलुकहरुबाट आवश्यक औधषि र स्वास्थ्य सामग्रीहरु ल्याउनका लागि ज्ञवालीको नेतृत्वमा एक कार्यदल समेत बनेको छ ।


ज्ञवालीले कान्तिपुरसँगको कुराकानीमा भारत र चीनसहित अन्य मुलुकबाट आवश्यक सामग्री ल्याउनका लागि पहल भइसकेको बताएका छन् । तर चीन, भारत वा अन्य मुलुकबाट कहिले कुन सामग्री नेपाल भित्रिन्छ भने हालसम्म टुंगो लागेको छैन । परराष्ट्र मन्त्री ज्ञवालीले छिटोभन्दा छिटो चीनबाट पनि आवश्यक स्वास्थ्य सामग्री नेपाल आइपुग्ने बताए ।


नेपालले चीन सरकारसँग औषधि, एन–95 मास्क, तीन थरीका पीपीई (पर्सनल प्रोटेक्ट इक्युपमेन्ट), आइसीयू बेड, कोरोना टेष्ट गर्ने किटलगायत १९ ओटा सामग्रीहरु सुची तयार पारेर बेइजिङ पठाएको छ ।


स्वास्थ्य सचिव यादव कोइरालाले स्वास्थ्य मन्त्रालयबाट आवश्यक स्वास्थ्य सामग्री

ल्याउनका लागि परराष्ट्र मार्फत पत्र पठाइसकेको बताए । नेपालस्थित चिनियाँ उच्च अधिकारीले कान्तिपुरसँगको कुराकानीमा चीन सरकार नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको बताए पनि नेपालले माग गरेका जति स्वास्थ्य सामग्री तत्काल नै उपलब्ध हुन नसक्ने बताए ।


'हामीलाई अहिले संसारका एक सयभन्दा बढी मुलुकहरुबाट सहयोग माग भइरहेकाले गर्दा नेपालले भनेजति एकैपटक दिन सक्ने अवस्था छैन । विस्तारै सहयोग गरिरहने छौं,' ती अधिकारीले भने ।


ज्ञवालीको नेतृत्वमा रहेको कार्यदलले चीनसहित अन्य मुलुकका नेपाली राजदुत र नियोग प्रमुखहरुबाट आवश्यक स्वास्थ्य सामग्री ल्याउने विषयमा पहल गरिरहेको छ । त्यसमध्ये चीनबाट भने नेपालले स्वास्थ्य सामग्री, औषधीसहित कोरोना नियन्त्रणका अन्य उपायहरु पनि सिक्न लागेको हो ।


कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न चिनियाँ चिकित्सा टोलीले गत साता नेपाली स्वास्थ्य टोलीलाई भिडियो कन्फरेन्समार्फत् विभिन्न जानकारी दिएको थियो । नेपालले फेरि अन्य विषयमा पनि चीन सरकारका अनुभवप्राप्त पदाधिकारीहरुसँग कोरोना रोकथाम र नियन्त्रण गर्न भिडियो कन्फरेन्स गर्ने पहल गरिरहेको छ ।

प्रकाशित : चैत्र ११, २०७६ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?