कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

लकडाउन उल्लंघन गर्ने ५२ जना पक्राउ

मातृका दाहाल

काठमाडौँ — लकडाउन उल्लंघन गर्ने ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ । हुलहुज्जत गरेर सडकमा निस्किएका उनीहरुलाई विभिन्‍न जिल्लाबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले बताए ।

लकडाउन उल्लंघन गर्ने ५२ जना पक्राउ

माइकिङ गरेर सर्वसाधरणालई घरबाट ननिस्कन आग्रह गरिएको तर त्यसलाई उलंघन गर्ने ५२ जनालाई पक्राउ गरिएको डीआईजी क्षेत्रीले जानकारी दिए।


पक्राउ परेका सबैलाई कोरोना संक्रमणको सम्भावित जोखिमबारे सम्झाइ-बुझाइ छाडिएको उनले बताए । अन्य स्थानमा भने नागरिक आफैं सचेत भएर लकडाउनको पालना गरेको प्रहरीले जनाएको छ ।


तरकारी,खाद्यान्‍न,पानी दूध,औषधि लगायत अत्यावश्यक लगायतका वस्तु खरिद गर्न जानेलाई परिस्थिती हेरेर लचकता अपनाइएको प्रवक्ता क्षेत्रीले बताए ।

प्रकाशित : चैत्र ११, २०७६ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?