कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनमा लकडाउन अवज्ञा गर्ने ७ जना पक्राउ

रमेशकुमार पौडेल

चितवन — कोभिड–१९ (कोरोना भाइरस)को तीव्र संक्रमण रोक्ने उद्देश्यले नेपाल सरकारले घोषणा गरेको लकडाउनको आदेश उल्लंघन गरेको आरोपमा चितवन जिल्ला प्रशासन कार्यालयले सातजनालाई गिरफ्तार गरेको छ । उनीहरुलाई स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही भएको र सबैजना छुटेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

चितवनमा लकडाउन अवज्ञा गर्ने ७ जना पक्राउ

ऐनमा यस्तो आदेश उल्लंघन गर्नेलाई एक हजार रुपैयाँ जरिवाना र एक महिनासम्म कैद हुने व्यवस्था छ । ‘आज पहिलो दिन भएका कारण हजार रुपैयाँ मात्र जरिवाना भएको छ । आशा छ भोलिबाट यस्तो कारबाही गर्नु पर्ने अवस्था नै आउने छैन । लकडाउनको आदेश सबैले पालना गर्ने छन्’ प्रमुख जिल्ला अधिकारी भट्टराईले भने । कोभिड–१९ को तीव्र प्रसार हुने भएका कारण जोखिम कम गर्न सरकारले लकडाउन घोषणा गरेको छ ।


तर पहिलो दिन चितवनमा सडकमा सर्वसाधरणको उपस्थिति बाक्लै देखिन्थ्यो । अत्यावश्यक सेवाका गाडी र काम बाहेक अरु कोही सडकमा नआउन र घरभित्रै बस्न सरकारले आदेश गरेको छ । तर सर्वसाधरणले यसलाई गम्भीर रुपमा लिएको देखिदैन । भित्रि सडकमा मात्रै नभएर मुख्य रामार्गहरुमा पनि चहलपहल देखिन्छ । घरभित्रै बस्ने र घरमा बाहिरका मान्छेलाई आउन नदिने नियम झन कमैले पालना गरेका छन् ।

प्रकाशित : चैत्र ११, २०७६ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?