राप्रपाले कोभिड-१९ विशेष कोषमा ५ लाख दिने

काठमाडौँ — सरकारले गठन गरेको कोभिड-१९ विशेष कोषमा राप्रपाले ५ लाख रुपैयाँ दिने भएको छ ।

राप्रपाले कोभिड-१९ विशेष कोषमा ५ लाख दिने

कोषाध्यक्षद्वय चन्द्रबहादुर गुरुङ र गणेश चन्दले मंगलबार विज्ञप्ति जारी गर्दै पार्टीको तर्फबाट कोषमा ५ लाख उपलब्ध गराउने निर्णय भएको जानकारी गराएका हुन् ।


सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो । कोषमा सरकारले ५० करोड सुरु पुँजी राख्ने बताएको थियो । कोषमा रकम जम्ममा गर्न सरकार र गैरसरकारी व्यक्ति, संघसंस्थासँग सहयोग आह्वान गरिएको छ ।


प्रकाशित : चैत्र ११, २०७६ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?