३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

फ्रेन्च पर्यटक लिन बुद्धको जहाज पोखरा गयो

सुरज कुँवर

काठमाडौँ — नेपाल घुम्‍न आएका ५८ जना फ्रान्सेली नागरिक लिन बुद्ध एयरको जहाज पोखरा उडेको छ । बुद्ध एयरका अनुसार, सरकारले लकडाउन गरेपछि अलपत्र परेका फ्रान्सेली पर्यटकलाई लिन बुद्ध एयरको जहाज काठमाडौंबाट बिहीबार दिउँसो रित्तै पोखरा गएको हो ।

फ्रेन्च पर्यटक लिन बुद्धको जहाज पोखरा गयो

यो काठमाडौंस्थित फ्रान्सेली दूतावासले गरेको चार्टर उडान हो । बिहान ९ बजे नै उड्नुपर्ने जहाज गृह,पर्यटनसहित तीन वटा मन्त्रालयको अनुमति प्रक्रियाको अल्झनका कारण ६ घन्टा ढिलो पोखराका लागि उडेको हो ।

तर, फ्रान्सेली पर्यटक विमान ७ बजे नै पोखरा विमानस्थलमा आइपुगेका थिए । सरकारले मंगलबार लकडाउन गरेयता तेस्रो दिन जहाजतर्फको यो दोस्रो चार्टर उडान हो । पहिलो चार्टर चाहीँ तारा एयरले लुक्‍ला गरेको थियो ।हेलिकप्टरतर्फ बिहीबार ७ वटा चार्टर उडान भएका छन् ।

प्रकाशित : चैत्र १३, २०७६ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?