कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

लकडाउन उल्लंघन गर्ने १४२ जना पक्राउ, १४ सय १७ सवारी नियन्त्रणमा

मातृका दाहाल

काठमाडौँ — कोभिड–१९ को सम्भावित संक्रमण फैलन नदिन सरकारले लगाएको देशव्यापी लकडाउन उल्लंघन गर्ने क्रम रोकिएको छैन । लकडाउनको तेस्रो दिन बिहीबार ७ वटै प्रदेशबाट १ सय ४२ जना पक्राउ परेका छन् । 

लकडाउन उल्लंघन गर्ने १४२ जना पक्राउ, १४ सय १७ सवारी नियन्त्रणमा

लकडाउनमा बिना अनुमति सवारी चलाउने १ हजार ४ सय १७ चालक कारबाहीमा परेका छन् । अनुमति बिनै गुडेका सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यकाबाट १ जना पक्राउ र २ सय ५२ सवारी साधन नियन्त्रणमा लिइएको छ । त्यसैगरी १ नम्बर प्रदेशबाट ५२ जना पक्राउ पर्नुका साथै २ सय ७३ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ ।


प्रदेश २ मा २ सय ८ सवारी र १६ जना मानिसलाई नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार वागमती प्रदेशमा १५ जना मानिस र १ सवारी साधन नियन्त्रणमा लिइएको छ । गण्डकी प्रदेशबाट प्रहरीले २ सय ७२ सवारी र १ जना सर्वसाधारलाई नियन्त्रणमा लिएको छ ।


५ नम्बर प्रदेशबाट १५ जना मानिस र २ सय १ सवारी, कर्णाली प्रदेशबाट २२ व्यक्ति र ७२ सवारी र सुदूरपश्चिम प्रदेशबाट २१ जना मानिस र १ सय ७७ वटा सवारी साधान नियन्त्रणमा लिइएको छ ।


पक्राउ परेका सबैलाई साँझ सचेत गराएर छाडिएको प्रहरीले जनाएको छ । सवारी साधन भने प्रहरी युनिटमै राखिएको छ । मंगलबार र बुधबारको लकडाउन उल्लंघन गर्ने करिब १५ सय सवारी साधन सहित १ सय भन्दा बढी पक्राउ परेका थिए ।

प्रकाशित : चैत्र १३, २०७६ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?