इराकमा दुई नेपाली पक्राउ

काठमाडौँ — इराकको स्वाशासित राज्य कुर्दिस्तानको राजधानी अर्बिलबाट बुधबार दुई नेपाली पक्राउ परेका छन् । मानव तस्करको गिरोहले सामान बोक्ने भ्यानको पछाडि राखेर अर्बिल क्षेत्रमा प्रवेश गराउने क्रममा ट्राफिक प्रहरीले चेकपोस्टबाट उनीहरुलाई पक्रेको हो । 

इराकमा दुई नेपाली पक्राउ

उनीहरुलाई लैजाने ड्राइभरले यसअघि नै गैरकानुनी काम गरेको आरोपमा सजाय पाएका थिए । ती युवालाई कताबाट ल्याइएको हो भन्ने खुलिसकेको छैन ।


ट्राफिक प्रहरीद्वारा जारी विज्ञप्तिअनुसार उनीहरुलाई कोभिड–१९ परीक्षणका लागि पठाइएको छ ।

प्रकाशित : चैत्र १३, २०७६ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?