२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सरकार संक्रमितको उपचार, आपूर्ति र शान्ति सुरक्षामा केन्द्रित : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ — सरकारले कोरोना भाइरसबाट संक्रमितको उपचार, आपूर्ति र शान्ति सुरक्षामा केन्द्रित भएर काम गरिरहेको स्पष्ट पारेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बिहीबार सञ्‍चारकर्मीसँग कुरा गर्दे संक्रमितको उपचार पहिलो प्राथमिकता भएकाले सोहीअनुसार सरकारले काम गरिरहेको स्पष्ट पारेका हुन् । 

सरकार संक्रमितको उपचार, आपूर्ति र शान्ति सुरक्षामा केन्द्रित : उपप्रधानमन्त्री पोखरेल

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक रहेका उपप्रधानमन्त्री पोख्रेलले आपूर्ति व्यवस्थापन सहज बनाउनुको साथै शान्ति सुरक्षा प्रदान गर्ने विषयमा सरकार गम्भीररुपमा लागेको बताए । संक्रमितको उपचार, बिरामी राख्ने आइसोलेसन लगायत कामका लागि आवश्यक मेडिकल सामग्री अभाव भएकाले तत्काल उपचार प्रभावकारी ढंगले गर्न नसकिए पनि सरकारले छिट्टै सामान आपूर्ति गर्ने विश्वास दिलाए । उनले स्वास्थ्यकर्मीका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) परीक्षण कीट लगायतका स्वास्थ्य आयातमा देखिएका प्रक्रियागत जटिलताको अन्त्य गर्दै सरकारले छिट्टै सामान ल्याउने बताए ।


उनले भने, “उपयुक्त साधनहरु थिएनन् । ल्याउनुपर्ने थियो । हाम्रो देशमा मात्रै अभाव होइन । दुनियाँभर अभाव भएको बेलामा उपचारमा देखा परेका समस्या समाधान गर्न तर्फ सरकार लागेको छ । प्रक्रियागत जटिलताहरु छन् । ती प्रक्रियागत जटिलतालाई तोडेर हामी चाँडै सामान ल्याउँछौं । त्यसपछि ती सामानहरुलाई प्रदेशतहका हस्पिटलहरुमा पनि पुऱ्याउँछौं ।” उनले बन्दाबन्दीको अवस्थामा दैनिक उपभोग्य सामान, औषधि, खाद्यान्न, तरकारी, दूध लगायत अत्यावश्यक सामग्रीका पसलहरु खुल्ला हुने स्पष्ट पारे । उनले विभिन्न पेसासँग सम्बन्धित दैनिक ज्यालादारी कर्मचारीलाई बिदा मिलाई काम नगुम्ने अवस्थाको प्रत्याभूति गर्न ती संस्था, व्यक्ति र फर्महरुसँग सरकारले समन्वय गरिहेकाले कसैले पनि काम गुमाउने अवस्था नरहने दाबी गरे ।


प्रकाशित : चैत्र १३, २०७६ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?