१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सरकारसँग नेता पौडेलको आग्रह, 'आमसहमतिमा नागरिकका समस्या समाधान गरौं'

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आमसहमति जुटाएर नागरिकका समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन् । कोरोना भाइरस (कोभिड १९) ले विश्‍वव्यापी महामारीको रुप लिइरहेको बेला बिहीबार एक सन्देश जारी गर्दै नेता पौडेलले सरकारका निर्णय कार्यान्वयनका लागि पनि आमसहमति आवश्यक रहेकोमा जोड दिए ।

सरकारसँग नेता पौडेलको आग्रह, 'आमसहमतिमा नागरिकका समस्या समाधान गरौं'

नेता पौडेलले मुलुकमा आइपरेको समस्यासँग जुध्‍न सहमतिको सरकार बनाउने संसारमा प्रचलन रहेको समेत सुझाएका छन् ।


'सरकारलाई आग्रह गर्न चाहन्छु, यस्तो बेलामा आमसहमति जुटाएर नागरिकका समस्या समाधान गरिनुपर्छ । यस्तो बेलामा आम सहमति आवश्यक हुन्छ । जसका कारणले सरकारका निर्णय कार्यान्वयनमा समस्या नहोस्', नेता पौडेलले सन्देशमा भनेका छन्, 'यस्तो बेलामा आवश्यक पर्‍यो भने सहमतिको सरकार पनि बनाउन सक्नुपर्छ । दुनियाँमा यस्तो प्रचलन पनि छ ।'


मुलुक जोगाउनका लागि लकडाउनको समयमा घर घरमा बसेर चिन्तन गर्न आवश्यक रहेको भन्दै उनले विपन्‍न नेपालीका लागि तत्काल राहतको घोषणा गर्न सरकासँग माग गरे ।


नेता पौडेलको सन्देश


संकटको अवस्थामा अहिले नै वर्तमान र भविश्यका चिन्तन थालौ !


विश्वभर फैलिएको कोरोना भाइसरको संक्रमण रोक्नका लागि सरकार लडाउन आह्वान गरेको छ । यो एकसाताका लागि लकडाउनका लागि गरेको घोषणा नेपालको स्वास्थ्यका लागि, संक्रमणबाट जोगिनका लागि अपनाएको हो लकडाउन । यसले आर्थिक सामाजिक तथा राजनीति क्षेत्रमा प्रधाव पार्ने छ । सवैभन्दा बढि स्वास्थ्यको क्षेत्रमा यसको प्रभाव देखिनेछ । स्वास्थ्यको क्षेत्रका चुनौती पनि आइलागेको छ । खास गरि चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले सुरक्षाको विषय नागरिकको सुरक्षासंगै चुनौतीपूर्ण बनेको छ । स्वास्थ्यकर्मीले उपचारमा संलग्न हुँदा सुरक्षा कवज लगाउनुपर्ने छ ।


स्वास्थ्यकर्मीका लागि आवश्यक पीपीईको कमी देखिएको छ । हाम्रो देशमा संक्रमण देखिसकेको छ । यस्तो अवस्था सवैभन्दा पहिले स्वास्थ्य क्षेत्र सुरक्षित हुन आवश्यक छ । अस्पताल चिकित्सक तथा स्वास्थ्यकर्मी पहिले सुरक्षित हुन आवश्यक छ । आइसोलेसन वार्ड, आइसियु बढि भन्दा बढि आवश्यक छ । यसका लागि अहिले पीपीईको कमी भएको सुनिदै छ । सरकारले चीन लगायतका देशबाट पीपीई ल्याउन लागेको पनि जानकारी आएको छ । स्वास्थ्य क्षेत्रको सुरक्षाको व्यावस्थामा सरकार सवैभन्दा पहिले ध्यान दिन जरुरी छ ।


आज लकडाउनको अवस्थामा मुलुक छ । अहिले कोरोनाको आंतक छ । यो आंतक मेची महाकालीको सिमामा मात्र सोचेर हुनेवाला छैन् । यो समस्या विश्वको समस्या भएको छ । नेपाली भएर मात्र सोच्ने हो भने पनि नेपाली विश्वमा छरिएर बसेका छन् । हामीले ती सवै नेपालीको सुरक्षाका बारेमा सोच्नुपरेको छ । विदेशमा रहेका ४० ५० लाख जनताको अवस्थाका बारेमा खोजी गर्नुपर्छ । आधुनिक राज्य भनेको मुलुकसंग जोडिएका सवैलाई हेर्ने हो । कल्याणकारी राज्य भनेको नै यही हो । विदेशमा रहेर रेमिट्यान्स मार्फत मुलुकको अर्थतन्त्र धान्ने नागरिकका बारेमा पनि लोककल्याणकारी राज्यले तत्काल सोच्नपर्छ ।


नेपालको आर्थिक अवस्थाका बारेमा पनि सोच्नुपर्ने अवस्था आएको छ । अहिले काम गरेर खाने मान्छेका लागि न काम न मामको अवस्था सृजना भएको छ । काम गरेर खाने मान्छेका लागि जीविकोपार्जनका बारेमा पनि हामीले अहिले देखि नै सोच्न जरुरी छ । भारतमा ८० करोड जनतालाई सितैमा खान दिनका लागि राहत घोषणा गरेको छ । भारतले जनतालाई बचाउनका लागि ठूलो राहत घोषणा गरेको छ । हामीले पनि हाम्रा जनतालाई बचाउनका लागि राहतका प्याकेज ल्याउन जरुरी छ । सरकारले औपचारिक भन्दा पनि अनौपचारिक क्षेत्रका श्रमिकका बारेमा सोच्न जरुरी छ । अनौपचारिक क्षेत्रका श्रमिक जस्को न कार्यालय न नियम डिउटी भएका विहान काम गर्ने बेलुका खाने नागरिकका लागि सरकारले तत्काल सोच्न जरुरी छ । म सरकारले आग्रह गर्न चाहान्छु । सरकार चाहिने भनेको अहिले नै हो ।


म सरकारलाई आग्रह गर्न चाहान्छु । यस्तो बेलामा सरकारलाई आग्रह गर्न चाहान्छु, यस्तो बेलामा आम सहमति जुटाएर नागरिकका समस्या समाधान गरिनुपर्छ । यस्तो बेलामा आम सहमति आवश्यक हुन्छ । जसका कारणले सरकारका निर्णय कार्यान्वयनमा समस्या नहोस । यस्तो बेलामा आवश्यक पर्यो भने सहमतिको सरकार पनि बनाउन सक्नुपर्छ । दुनियामा यस्तो प्रचलन पनि छ ।


आर्थिक क्षेत्रमा अझ ठूलो समस्या आउदै छ । हाम्रो भोलीको आर्थिक अवस्था के हुने हो । अब हाम्रा विकासका योजनाहरु के हुने हुन् । अहिले सरकारले लकडाउनको अवस्था के हुने हो । एकसाताको लकडाउनले संक्रमण नियन्त्रण हुन सक्छ कि सक्दैन् । भारतले २१ दिनको लकडाउनको घोषणा गरेको छ हामीले त्यो अवस्था हेर्नुपर्छ कि पर्दैन । यो पनि सरकारले विश्लेषण गर्नुपर्छ । मुलुकको भावि अर्थतन्त्रका लागि मित्र मुलुकहरुसंगको सम्बन्ध कस्तो रहने मित्र मुलुकहरुमा पनि संकट छ । ती मुलुकहरुले हामीलाई कस्तो सहयोग गर्न सक्छन भन्ने पनि सोच्न जरुरी छ । अहिलेको संक्रमणले मानव सभ्यता माथि नै प्रहार गरेको छ । यो महामारीले दुनियालाई कस्तो क्षति पुर्याउने हो । अबको मान सभ्याता पनि कस्तो हुने हो ।


त्यसतर्फ पनि हामीले ध्यान दिन जरुरी छ । यो महामारीका कारण बर्तमान कस्तो हुने हो भविश्य कस्तो हुने हो वुद्धिजीवीहरुले पनि अहिले विश्लेषण गर्न जरुरी छ । आजको आवश्यकता भनेको बर्तमान जोगाउदै भविश्यको निक्र्यौल गर्ने हो । अहिले सरकारले जिम्मेवारी बोध गरोस । राजनीतिक दलहरु सामाजिक संस्था बुद्धिजीवी तथा दाताहरुले कस्तो सहयोग गर्ने हो । सवैले सहयोग गर्नुपर्छ । लकडाउन छ । तर मुलुक जोगाउनका लागि घर घरमा बसेर चिन्तन गर्न आवश्यक छ । सरकारले विपन्न नेपालीका लागि तत्काल राहतको घोषणा गरोस । जय नेपाल


प्रकाशित : चैत्र १३, २०७६ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?