कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

चीनद्वारा ४ करोड ४१ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग

जगदीश्वर पाण्डे

काठमाडौँ — कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि चीनले नेपाललाई गरेको स्वास्थ्य सामग्रीको मूल्य करिब ४ करोड ४१ लाख रुपैयाँ बराबरको रहेको छ । 

चीनद्वारा ४ करोड ४१ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग

चीनको तर्फबाट भएको स्वास्थ्य सामग्री र ती वस्तुहरुको मूल्यको सुचीसहित शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।


अइतबार बिहान चीनबाट आइपुगेको स्वास्थ्य सामग्रीहरु नेपालस्थित चिनियाँ दूतावास, सिचुवान प्रान्त, अलिबाबा फाउन्डेसन, ज्याक मा फाउन्डेसन, चीन सीएएमसी इन्जिनियरिङ र सिचुवान हुअसी ग्रुपले सहयोग गरेको हो ।


सबै निकायले दिएको सामग्रीको मूल्य २६ लाख ४ हजार एक सय ५५ चिनियाँ युआन(करिब ६ करोड ८२ लाख ७७ हजार एक सय ६४ रुपैयाँ) हुन आउँछ ।


नेपालका लागि आएका सहयोगहरुमा एन९५ मास्क, डिस्पोजेबल सर्जिकल मास्क, डिस्पोजल मास्क, प्रोटेक्टिभ गगल्स (चश्मा), इयर थर्मोमिटर, सुरक्षित पोसाक, भेन्टिलेटर, पीसीआर टेूट किट्स, डिस्पोजेबल पञ्जालगायत छन् ।


सम्बन्धित समाचार

स्वास्थ्य सामग्री सहयोग गरेकोमा चीनलाई सरकारको धन्यवाद

प्रकाशित : चैत्र १६, २०७६ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?