कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चिनियाँ राष्ट्रपतिलाई दाहालको पत्र, नेपाललाई सहयोग गर्न अपिल

'कोरोना नियन्त्रण गर्न सफल भएकोमा बधाई'

काठमाडौँ — सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको नेपाललाई सहयोग गर्न अपिल गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र पठाएका छन् ।

चिनियाँ राष्ट्रपतिलाई दाहालको पत्र, नेपाललाई सहयोग गर्न अपिल

तीन दिनअघि पठाइएको पत्रमा उनले कोरोना महामारी नियन्त्रण गर्न सफल भएकोमा राष्ट्रपति सीलाई बधाईसमेत दिएका छन् ।


'चीनले कोरोना संक्रमणलाई सफलतापूर्वक नियन्त्रण गरेको मैले मिडियाहरुका समाचारबाट थाहा पाएको छु,' उनले पत्रमा भनेका छन्, 'कोरोना भाइरससँगको यो लडाइँमा जित हात पारेकोमा म नेकपाका तर्फबाट बधाइ दिन्छु ।' अध्यक्ष दाहालकी स्वकीय सचिव गंगा दाहालले उनले तीन दिनअघि पत्र पठाएको बताइन् । मार्च २६ को मिति राखिएको पत्र चिनियाँ दूतावासमार्फत् पठाइएको भने होइन ।

पत्रमा उनले नेपाल अहिले यो महामारीसँग जुधिरहेको उल्लेख गर्दै सहयोगका लागि राष्ट्रपति सीलाई अपिल गरेका छन् । नेपाल यो महामारीसँग जुध्‍नका लागि तयार अवस्थामा नरहेको भन्दै उनले खासगरी औषधि र अन्य मेडिकल सामग्री सहयोग गर्न आग्रह गरेका छन् । उनले नेपाली जनता र नेकपाका तर्फबाट जतिसक्दो छिटो सहयोग गर्न पनि अपिल गरेका छन् ।


गत वर्षको डिसेम्बरमा चीनको वुहानमा देखिएको कोभिड १९ अहिले संसारभर महामारीका रुपमा फैलिएको छ । चीनमा कारोना भाइरसबाट अहिलेसम्म करिब ८१ हजार संक्रमित भएका छन् । तीमध्ये तीन हजार तीन सयको मुत्यु भएको छ । संक्रमितमध्ये ७५ हजारभन्दा बढी उपचारपछि निको भएर घर फर्केका छन् । करिब दुई हजार ६ सय जना अहिले विभिन्‍न अस्पतालमा उपचाररत रहेको चीनको राष्ट्रिय स्वास्थ्य विभागले जनाएको छ ।

प्रकाशित : चैत्र १६, २०७६ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?