कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध वैशाख ३ सम्म कायम

बबिता शर्मा

काठमाडौँ — सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध वैशाख ३ गतेसम्मका लागि थप गरेको छ । आइतबार बसेको कोभिड–१९ विरुद्धको उच्चस्तरीय समन्वय समितिको बैठकले आगामी २०७७ वैशाख ३ सम्म अन्तर्राष्ट्रिय उडानमा लगाउको प्रतिबन्ध बढाउने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध वैशाख ३ सम्म कायम

यसअघि समितिले चैत ९ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको थियो । सरकारले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित संक्रमण रोकथामका लागि चैत ९ गते आइतबार (राति ११ः५९) देखि १० दिनसम्मका लागि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ ।

अघिल्लो निर्णय

- अन्तर्राष्ट्रिय उडान चैत ९ देखि बन्द


त्यसैगरी तोकिएको मापदण्डअनुरुप क्‍वारेन्टाइन निर्माण गरी व्यवस्थित ढंगले सञ्चालन गर्ने र संक्रमित व्यक्ति आएर सूचना नदिने, क्‍वारेन्टाइनबाट भाग्ने, लुकेर बस्ने जति सम्पर्कमा आउन अनुरोध गरे पनि नआउनेलाई संक्रमण रोग ऐनबमोजिम कैद सजाय गर्न गृहप्रशासनलाई निर्देशन दिएको छ । क्‍वारेन्टाइनमा बसेकाहरु भाग्ने, विदेशबाट आएर पनि क्‍वारेन्टाइनमा नबस्ने, सम्पर्कमा आउन सरकारले गरेको अनुरोध अटेरी गरी समूहमा घुमफिर गर्नेक्रम बढेपछि सरकार त्यस्ता व्यक्तिविरुद्ध कडा ढंगले प्रस्तुत हुने भएको हो ।


प्रकाशित : चैत्र १६, २०७६ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?