१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

आपूर्ति व्यवस्थापन र ज्यालादारी मजदुरको विवरण संकलन गर्न समिति गठन

हरेक स्थानीय तहले वडाध्यक्ष र प्रहरी सम्मिलित समिति खटाउने
मातृका दाहाल

काठमाडौँ — सरकारले लकडाउनका कारण असहज बनेको दैनिक उपभोग्य बस्तुको आपूर्ति व्यवस्थापन गर्न वडाअध्यक्ष र प्रहरी सम्मिलित समिति बनाउने निर्णय गरेको छ । 

आपूर्ति व्यवस्थापन र ज्यालादारी मजदुरको विवरण संकलन गर्न समिति गठन

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको आपूर्ति व्यवस्थापनसम्बन्धी बैठकले दैनिक उपभोग्य बस्तुको आपूर्ति व्यवस्थापन स्थानीय तहले गर्ने र त्यसका लागि हरेक वडामा वडाध्यक्षको नेतृत्वमा प्रहरी आवश्यकता अनुसार अन्य निकायका प्रतिनिधि सम्मिलित समिति गठन गर्ने निर्णय गरेको हो ।

सोही समितिले आ–आफ्ना वडामा रहेका दैनिक ज्यालादारी मजदुरको विवरण संकलन गर्न पनि गृह मन्त्रालयले निर्देशन दिएको छ । विवरणसंकलन पछि उनीहरुलाई सरकारले राहत उपलब्ध गराउने छ ।

त्यस्तै हरेक किराना पसलले दैनिक रोजगारी गुमाएका परिवार लक्षित ४ जना सदस्य र त्यसभन्दा माथि गरी दैनिक उपभोग गर्न आवश्यक वस्तु राखेर ‘कम्बो प्याकेज’ तयार पारेर बेच्न पनि गृहले निर्देशन दिएको छ । ज्यालादारी मजदुर र सामान बिक्री गरेको विवरण दैनिक रुपमा जिल्ला प्रशासन कार्यालयमा बुझाउन पनि समितिलाई निर्देशन दिइएको छ ।

प्रकाशित : चैत्र १६, २०७६ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?