१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कोरोनासँग लडिरहेका छौं, यसको अर्थ विकास निर्माण नगर्ने भन्‍ने होइन : प्रधानमन्त्री 

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनासँग लड्दा पनि विकास निर्माणका कामलाई सरकारले अगाडि बढाउने बताएका छन् ।

कोरोनासँग लडिरहेका छौं, यसको अर्थ विकास निर्माण नगर्ने भन्‍ने होइन : प्रधानमन्त्री 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले कोरोनाविरुद्धको लडाइँ र विकास निर्माणलगायतका काम सँगसँगै अगाडि बढाएका बताएका छन् ।

'यतिबेला कोरोनाका विरुद्ध लड्दै छौं र सम्पूर्ण शक्ति लगाइरहेका छौं । यसको अर्थ अरु काम गर्दैनौं भन्ने होइन,' प्रधानमन्त्री ओलीले भने, 'हाम्रो शक्ति थोरै घटेको छ । तर, सामाजिक उत्तरदायितव र विकास निर्माणका काम गर्नेछौं । परिस्थितिअनुसार काम गर्नेछौं ।'

नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा सांसदहरूले सरकारले कोरोनाविरुद्ध केन्द्रित भएर लड्ने योजना नल्याइ ठूला योजना सार्वजनिक गरेको भन्दै आलोचना गरेका थिए । सांसदहरूले अहिले ठूला परियोजना घोषणा गर्ने भन्दा पनि कोरोनाविरुद्ध सम्पूर्ण बजेट, साधन र स्रोत लगाउनुपर्ने बताएका थिए ।

सम्बोधन हेर्नुहोस्

प्रकाशित : जेष्ठ ६, २०७७ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?