कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित 

काठमाडौँ — सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको थियो । 

नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित 

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट जेठ २ गते नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गरेकी थिइन् ।

नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी कांग्रेसका तर्फबाट सांसद मीनेन्द्र रिजाल, जनमोर्चाकी सांसद दुर्गा पौडेल, नेमकिपाका सांसद प्रेम सुवाल, राजपाका सांसद लक्ष्मणलाल कर्ण र समाजवादीका सांसद सरिता गिरीले संशोधन प्रस्ताव राखेका थिए ।

संशोधन फिर्ता लिनका लागि संशोधनकर्ता सांसदहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले समय दिएका थिए । संशोधन प्रस्तावमा माग गरिएका विषय नीति तथा कार्यक्रममा सम्बोधन नभएको भन्दै उनीहरूले संशोधन प्रस्ताव फिर्ता लिएका थिएनन् । ती सबै संशोधन प्रस्ताव बहुमतले अश्वीकृत भएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमलाई सर्वसम्मत बनाउन आग्रह गरेका थिए । प्रतिपक्षी दलहरूलाई संशोधन प्रस्ताव फिर्ता लिएर नीति तथा कार्यक्रमलाई समर्थन जनाउन आग्रह गरेका थिए ।

त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सभामुख सापकोटाले निर्णयार्थ प्रस्तुत गरेका थिए । जुन प्रतिनिधिसभाको बहुमतले पारित भएको थियो ।

प्रकाशित : जेष्ठ ६, २०७७ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?