प्रधानमन्त्री ओली छाउनीस्थित 'सीसीएमसी'मा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले छाउनीस्थित नेपाली सेनाको कार्यक्षेत्रमा रहेको कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (सीसीएमसी) को निरीक्षण छन् ।

प्रधानमन्त्री ओली छाउनीस्थित 'सीसीएमसी'मा

ओलीले उक्त अवसरमा कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि केन्द्रले हालसम्म गरेका काम र भविष्यको योजनाको बारेमा जानकारी दिएको रक्षा मन्त्रालयका प्रवक्ता शान्तबहादुर सुनारले बताए ।

प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले केन्द्रले गरेका काम र भविष्यको योजनाका बारेमा जानकारी दिएका थिए । प्रधानमन्त्रीसहित उपप्रधान तथा रक्षा मन्त्रीसहित चार वटै सुरक्षा निकायका प्रमुखहरु (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग) को उपस्थिति रहेको थियो ।

मन्त्रिपरिषद्को चैत १६ को निर्णयले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि एउटा छुट्टै संयन्त्र बनाएको थियो । उक्त संयन्त्र उपप्रधान तथा रक्षा मन्त्री पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय संमन्वय समिति अन्तर्गत रहेर काम गर्दै आइरहेको छ ।

सरकारले स्वास्थ्य मन्त्रालयसहित चारैवटा सुरक्षा निकाय र अन्य आवश्यक मन्त्रालयहरुको समन्वयमा सीसीएमसी निर्माण गरेको हो ।

प्रकाशित : जेष्ठ ७, २०७७ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?