१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भारतले चार्टर उडानमा काठमाडौंबाट १ सय ६५ नागरिक लग्याे

सुरज कुँवर

काठमाडौं — नेपालले लकडाउन सुरु गरेयता भारतले पहिलोपटक चार्टर उडान गरेर आफ्ना नागरिकलाई काठमाडौंबाट फिर्ता लगेको छ । 

भारतले चार्टर उडानमा काठमाडौंबाट १ सय ६५ नागरिक लग्याे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार पौने १ बजे एयर इन्डियाको विमानले काठमाडौंमा रहेका १ सय ६५ यात्रुलाई दिल्ली लिएर गएको छ ।

सरकारले चैत ९ गते राति १२ बजेपछि सबै अन्तर्राष्ट्रिय उडानलाई रोक लगाएको थियो । उक्त निर्णय भएको ६० औं दिनमा बुधबार भारतीय ध्वजावाहकको पहिलो चार्टर उडान भएको विमानस्थलस्थित टर्मिनल कार्यालयले जनाएको छ ।

यो चार्टर उडान भारतीय दूतावासले गराएको हो । दिल्लीबाट रित्तै आएको एयर इन्डियाको एयरबस ३२० फर्किंदा भारतीय नागरिकमात्रै लिएर फर्केको हो ।

बुधबारसम्म ७१ वटा अन्तर्राष्ट्रिय चार्टर उडान भए । जस्मा मेडिकल कार्गो र उद्धार उडान मात्रै हुन् । व्यावसायिक उडानमा भने रोक लगाइएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७७ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?