कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

स्वेच्छाले कोरोना परीक्षण गर्नेका लागि शुल्क तोकिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वेच्छाले कोरोना परीक्षणका लागि हालसम्म शुल्क नतोकेको बताएको छ । सामाजिक सञ्जालमा परीक्षणको शुल्क बढी भएको भन्दै विरोध भएको थियो ।

स्वेच्छाले कोरोना परीक्षण गर्नेका लागि शुल्क तोकिएको छैन : स्वास्थ्य मन्त्रालय

मन्त्रालयले विज्ञप्ती निकाल्दै परीक्षणको दायरा बढाउनका लागि यस्तो व्यवस्था मिलाएको र यस सम्बन्धमा कति शुल्क लाग्ने, प्रयोगशाला कस्तो हुने, सुरक्षा प्रबन्ध कसरी अपनाउने लगायतका विषयमा छलफल र निर्णय हुन बाँकी नै रहेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक स्वास्थ्य संस्थामा जोसुकै व्यक्तिले पैसा तिरेर कोरोना परीक्षण गर्न सक्ने बताएको थियो ।

तोकिएको मापदण्ड र सूचनाको गोपनियता तथा नियमित रिपोर्टिङ गर्ने सर्त अनिवार्य पालना गर्ने गरी लक्षण नभएकाले पनि परीक्षण गर्न पाउने मन्त्रालयले सूचना सार्वजनिक गरेको थियो ।

आरडीटी र पीसीआर परीक्षण स्वेच्छाले गर्न चाहने स्वदेशी तथा विदेशी नागरिकहरुले तोकिएका सार्वजनिक स्वास्थ्य संस्थाहरुमा गएर तोकिएका दररेटमा परीक्षण गराउन सक्ने नीतिगत निर्णय गरेको बताएको थियो ।

प्रकाशित : जेष्ठ ७, २०७७ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?