कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपालको नयाँ नक्साको पक्षमा उभिँदा मनिषामाथि खनियो भारतीय मिडिया 

काठमाडौँ — नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरेको भन्दै अभिनेत्री मनिषा कोइरालामाथि भारतीय मिडिया खनिएको छ । 

नेपालको नयाँ नक्साको पक्षमा उभिँदा मनिषामाथि खनियो भारतीय मिडिया 

भारत र नेपालको सीमा विवादमा नेपालको पक्ष लिएको भन्दै एबिपीले लेखेको छ, ‘नेपालमा जन्मेकी अभिनेत्री मनिषा कोइरालाले नेपाल सरकारको समर्थन गरेकी छन् । उनीहरुको सरकारले भारतको तीन क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको रहेको दाबी गरेको छ ।’

लिम्पियाधुरासहित ३३५ वर्ग किलोमिटर भूमि समेटिएको नक्साको पक्षमा उभिएको भन्दै अहिले भारतीय मिडियाले मनिषाको आलोचना गरेका छन् । उनको यो पक्षधरतालाई केही भारतीय मिडियाले चीनको पक्ष लिएको भनेर समेत लेखेका छन् । नेपालले चीनको उक्साहटमा नयाँ नक्सा जारी गरेको भन्दै आएका भारतीय मिडियाले मनिषालाई ‘भारतको खाएर चीनको गाएको’ भन्ने आरोप लगाएका छन् ।

परराष्ट्रीमन्त्री प्रदीप ज्ञवालीले तीन क्षेत्र समेटिएको नक्सा प्रकाशित गर्ने निर्णयउपर लेखेको ट्वीटर मेन्सन गर्दै अभिनेत्री कोइरालाले सोमबार लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बनाइरहनु भएकोमा धन्यवाद । तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस् भन्ने आशा गर्छौं ।’ उनको ट्वीटलाई ७ सय भन्दा बढीले रिट्वीट गरेका छन् ।

अभिनेत्री कोइराला नेपालमा जन्मे पनि उनले भारतलाई कर्मथलो बनाइन् । लामो समय बलिउडमा राज नै गरिन् । सौदागर, बम्बे, अग्नीसाक्षी, खामोशी, १९४२– अ लभस्टोरी, दिलसे, मन, अकेले हम अकेले तुम, गुप्त, कम्पनी लगायतका थुप्रै फिल्ममा अभिनय गरेकी मनिषा हिन्दी फिल्ममा उत्कृष्ट अभिनय गर्ने अभिनेत्रीमा पर्छिन् ।

प्रकाशित : जेष्ठ ७, २०७७ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?