सीमा सुरक्षामा खटिएका सशस्त्रका एकजनामा कोरोना संक्रमण

काठमाडौँ — सशस्त्र प्रहरी बल बराहा बाहिनी सुनसरीअन्तर्गत सीमा सुरक्षामा खटिएका एकजनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार कोसी अञ्चल अस्पतालमा गरिएको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।

सीमा सुरक्षामा खटिएका सशस्त्रका एकजनामा कोरोना संक्रमण

सहकर्मी बिरामी भएपछि उनले गाडीमा राखेर अस्पताल पुर्‍याएका थिए । त्यसपछि दुवै जनाको पीसीआर परीक्षण गरिएकोमा बिरामी भएर गएका जवानको नेगेटिभ र उनको पोजिटिभ रिपोर्ट आएको हो ।

रिपोर्ट आएलगत्तै उनलाई कोसी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले बतायो । यससँगै कोरोना संक्रमित सशस्त्र प्रहरीको संख्या ४ पुगेको छ । भक्तपुर, काठमाडौं र कपिलवस्तुमा १/१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित : जेष्ठ ७, २०७७ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?