१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जिपबाट खसेर दुई जना सुनकोसीमा बेपत्ता

नगेन्द्र अधिकारी

काभ्रे — भुम्लु गाउँपालिकाको दोलालघाटबाट सापिङतर्फ जाँदै गरेको जिपबाट खसेर दुई जना सुनकोसी नदीमा बेपत्ता भएका छन् ।

जिपबाट खसेर दुई जना सुनकोसीमा बेपत्ता

सिमेन्ट, दाना र प्लाई बोकेर जाँदै गरेको बा १६ च ८८३८ नम्बरको जिपका दुईवटा टायर सडकबाट तल झरी कोल्टे पर्दा भुम्लु १ का २६ वर्षीय अशोक गिरी र अन्दाजी २८ वर्षीय भोला महत बेपत्ता भएको प्रहरीले जनाएको छ । सोही स्थानकी ३९ वर्षीय सानुमाया गिरीको बायाँ हात भाँचिएकोले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

बेपत्ताको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।


प्रकाशित : जेष्ठ ७, २०७७ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?