कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

टोखा नगरपालिकाका पूर्वकार्यकारी अधिकृतविरुद्ध १७ करोडको भ्रष्टाचार मुद्दा 

कृष्ण ज्ञवाली

काठमाडौँ — गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोखा नगरपालिकाका पूर्वकार्यकारी अधिकृत ऋषिराम अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले अर्यालविरुद्ध १७ करोड ८३ लाख ४१ हजार ५७९ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको हो । 

टोखा नगरपालिकाका पूर्वकार्यकारी अधिकृतविरुद्ध १७ करोडको भ्रष्टाचार मुद्दा 

२०३९ साल साउन १ गते जिल्ला विकास समिति स्याङ्जामा गाविस सचिवको रुपमा सुब्बाबाट सेवा प्रवेश गरेका अर्याल अधिकृत भएर अवकाश भएका थिए । अवकाशअघि उनी भीमढुंगा गाविस, टोखा नगरपालिका लगायतका स्थानीय तहमा प्रशासनिक प्रमुखको रुपमा काम गरेका थिए ।

अख्तियारको दाबीअनुसार, उनी जहाँ गाविस सचिव वा नगरपालिकामा काम गरेका थिए, त्यही नै जग्गा जमिन जोडेका थिए । उनी धापासी, टोखा, भिमढुंगा गाविसमा सचिवको रुपमा काम गरेका थिए । अख्तियारले उनीसहित श्रीमती लक्ष्मीदेवी उपाध्याय, छोराहरु सुशील अर्याल, सुनिल अर्याललाई पनि प्रतिवादी बनाएको छ ।

उनले आफ्नो र श्रीमतीको खातामा अनि शेयरमा मात्रै ९ करोड १३ लाख रुपैयाँ जोडेको भेटिएको छ । छोराछोरीको पढाईमा २० लाख खर्च गरेका उनले विवाहमा २८ लाख खर्च गरेको स्वीकारेका छन् । दुईवटा फर्ममा उनको ४ करोड ४२ लाख रुपैयाँ लगानी भेटिएको छ । करिब साढे ४ करोड रुपैयाँ सापटी दिएको भेटिएको छ । करिब २६ करोड ६० लाख आर्जन गरेका उनको १७ करोड ८३ लाख रुपैयाँ बाहेकको ८ करोड ७७ लाख आम्दानी भने स्रोत खुलेको मानिएको अख्तियारले जनाएको छ ।


प्रकाशित : जेष्ठ ७, २०७७ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?