कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

भारतसँग वार्ताका लागि हामी तयार भएर बसेका छौं : परराष्ट्रमन्त्री ज्ञवाली 

देवेन्द्र भट्टराई

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भूमि अतिक्रमण र सीमावर्ती मुद्दामा भारतसँग कूटनीतिक संवाद गर्नका लागि नेपाल तत्पर भएर बसेको बताएका छन् । 

भारतसँग वार्ताका लागि हामी तयार भएर बसेका छौं : परराष्ट्रमन्त्री ज्ञवाली 

बिहीबार नेपालको नयाँ राजनीतिक–प्रशासनिक नक्सा सार्वजनिक हुनासाथै भारतले यो नक्सालाई ‘अमान्य’ भनेको सन्दर्भमा प्रतिक्रिया जनाउँदै मन्त्री ज्ञवालीले कान्तिपुरसँग भने, ‘हामी वार्ता र संवादको उपायबाट अहिले उब्जिएका समस्या निरुपणमा तत्पर छौं, हामीसँग रहेका सम्पूर्ण प्रमाण र वैज्ञानिक आधारसमेत जुटाएर नयाँ नक्सा प्रकाशित गरिएको हो । भारतसँग द्विपक्षीय संवाद गर्नका लागि प्रत्यक्ष–परोक्ष आग्रह गरिरहेका छौं ।’

‘वार्ताका लागि हामी धेरै अघिदेखि तयार छौं, आग्रहअनुसार भारतसँग वार्ता सुरु भइदिएको भए अहिले अर्कै चरणमा पुगिने थियो होला । वार्ताका लागि मिति पनि प्रस्ताव गरिएकै हो,’ मन्त्री ज्ञवालीले भने, ‘सीमा विवादको पछिल्लो चरणमा भारतले अहिलेको कोरोना संकट हटेपछि वार्तामा बस्ने भनेर जवाफ दिएको हो, तर हामी तत्कालै पनि वार्ताको पक्षमा छौं, हामी तयार भएर बसेका छौं । यो समस्या सुल्झाउनमा संवादभन्दा पर्तिर अर्को उपाय छैन भन्ने मलाई लाग्छ ।’

सम्बन्धित समाचार

नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक

नेपालको नयाँ नक्सा मान्य छैन : भारत

प्रकाशित : जेष्ठ ८, २०७७ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?