कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लकडाउनले घट्यो अपराध

मानिसको मुभमेन्ट नियन्त्रण हुँदा अपराधको ग्राफ पनि हृवात्तै घटेको देखिन्छ :  निरजबहादुर शाही - प्रवक्ता, नेपाल प्रहरी
मातृका दाहाल

काठमाडौँ — लकडाउन घोषणापछि देशभर अपराधका घटनामा कमी आएको छ ।  २०७६ चैत ११ गतेबाट लगाइएको लकडाउनको समय २ महिना पुग्नै लाग्दा संगठित, सामाजिक, आर्थिक र अन्य अपराधका घटनामा कमी आएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ ।

लकडाउनले घट्यो अपराध

कोरोना संक्रमण नियन्त्रणका लागि चालिएका प्रतिकार्य योजना लागू गराउन चारवटै निकायबाट करिब ९० हजार सुरक्षाकर्मी परिचालित छन् । सीमा नाका सिल गर्न सशस्त्र प्रहरी र आन्तरिक सुरषा व्यवस्थापनमा नेपाल प्रहरीलाई केन्द्रीत गराइको छ । मानिसको आवतजावत नियन्त्रणका लागि गल्लीगल्लीमा सुरक्षाकर्मी तैनाथ छन् । सातवटै प्रदेशमा जिल्लाको अपराध तथ्यांकअनुसार गत आव २०७५/०७६ को चैत र वैशाखमा देशभर कुल अपराधको संख्या ७ हजार ८ सय ३६ रहेकोमा लकडाउन घोषणा यता चैत र वैशाखमा अपराधमा ३ हजार २ वटा मात्रै मुद्दा दर्ता भएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी निरजबहादुर शाही मानव बेचबिखन तथा ओसारपसार, चोरी/डकैती, सवारी, संगठित जस्ता अपराधका घटनामा पछिल्लो पटक कमी आएको बताउँछन् । ‘कोरोना संक्रमण नियन्त्रणविरुद्धका कार्ययोजनाका साथसाथै संकटको मौका छोपेर हुने अपराधलाई लक्षित सुरक्षाकर्मीलाई तैनाथ गराइएको छ,’ उनले भने, ‘त्यसको नतिजा हो, चोरी, डकैती, सीमापार अपराध, सवारी मुद्दालगायत अपराधमा कमी आएको छ ।’

स्थल र हवाई नाका सिल भएका कारण मानव बेचविखन तथा ओसारपसारका घटना पूर्ण रुपमा नियन्त्रणमा आएको छ । प्रहरी तथ्यांक अनुसार पनि गत आवको दुई महिनाको तुलनामा यो पटक यी अपराध नियन्त्रणकै क्रममा छन् । चोरीका अपराध पनि हृयात्तै घटेको देखिन्छ । यस्तै सवारी ज्यानसम्बन्धी मुद्दा पनि प्रहरीमा नगण्य मात्रामा दर्ता भएका छन् ।

लकडाउनका बेला जिल्ला प्रशासन कार्यालयबाट जारी भएका अस्थायी पास र अत्यावश्यक सेवा सञ्चालनसँग सम्बन्धित बाहेक अन्यले सवारी चलाउन नपाइने व्यवस्था लागू गरिएको छ । जसका कारण सवारी दुर्घटना र सवारी ज्यानसँग सम्बन्धित मुद्दामा कमी आएको हो । गत आवको चैत र वैशाखमा सवारी ज्यानसम्वन्धि देशभर ४ सय ७८ वटा मुद्दा दर्ता भएकोमा चालू आवको सोही महिनामा १ सय वटा मात्रै मुद्दा दर्ता भएको छ । लकडाउनमा सबैभन्दा आत्महत्यासँग सम्बन्धित अपराधका घटना दर्ता भएका छन् ।

लकडाउनछि देशभर ८ सय ७ जनाले झुण्डिएर, नदीमा हामफालेर, विष सेवन तथा हातहतियार प्रयोग गरेर आत्महत्या गरेका छन् । यद्यपि अघिल्लो आर्थिक वर्षको चैत र वैशाखको तुलनामा आत्महत्याका घटना पनि निकै कमी हो । लकडाउनमा अघिल्लो वर्षको तुलनामा आत्महत्याका घटनामा कमी आएपनि संख्या भने निकै भयाभह देखिन्छ ।

गत आवको चैत र वैशाखमा आत्महत्या गर्नेको संख्या १ हजार ६६ रहेकोमा लकडाउनका बेला देशभर आत्महत्या गर्नेको संख्या ८ सय ७ पुगेको छ ।

विशेषगरी १५ देखि ४० वर्ष उमेर समूहका मानिस आत्महत्या गर्नेमा अगाडि देखिएको तथ्यांकमा उल्लेख छ । प्रहरी प्रवक्ता शाही प्रहरीमा दर्ता भएको केस विष्लेषण र अध्ययन गर्दा आत्महत्याका मूख्य तीन सामाजिक, आर्थिक र पारिवारिक कारण रहेको बताउँछन् । ‘गत वर्ष यही अवधिमा भन्दा आत्महत्या गर्नेको संख्या केही कमी आएको छ तर संख्यात्मक हिसाबले धेरै नै देखिन्छन्,’ शाही भन्छन्, ‘अन्य अपराध नियनत्रणमा जस्तो सुरक्षाकर्मी खटाएर यसलाई कमी गर्न सकिने पनि होइन, सामाजिक, पारिवारिक र आर्थिक कारण मानिसले आत्महत्या गर्ने गरेको अनुसन्धानबाट पनि देखियो ।’

गत आमको चैत र वैशाखमा चोरीका ४ सय ४६ वटा मुद्दा प्रहरीमा दर्ता भएकोमा लकडाउनको अवधिमा यो संख्या ९२ वटामा सीमित छ । महिला बालबालिकासम्बन्धी आर्थिक वर्षको दुई महिनामा ७ सय ३४ वटा मुद्दा दर्ता भएकोमा यो आवको सोही महिनामा २ सय ८३ वटा मात्रै अपराध भएका छन् ।

गत वर्ष २ महिनामा २२ सय ८१ वटा सामाजिक अपराधका मुद्दा प्रहरीमा दर्ता भएकोमा यस पटक यो संख्या ५ सय ८० मा सीमित भएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७७ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?