झापा र रुपन्देहीमा गरी थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो 

काठमाडौँ — कोरोना भाइरस संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो थप ९ मा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । 

झापा र रुपन्देहीमा गरी थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो 

मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले झापामा ८ जना पुरुष र रुपन्देहीका १ पुरुषमा संक्रमण देखिएको जानकारी दिएका हुन् । उनका अनुसार रुपन्देहीका २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनी श्रीलंकन गेस्ट हाउस क्‍वारेन्टाइन लुम्बिनीमा रहेका थिए भने झापाका १७ वर्षीय पुरुष, १८ वर्षीय दुई जना पुरुष, २० वर्षीय २ जना र २३, ५२ र ५५ वर्षका पुरुषमा संक्रमण देखिएको हो । उनीहरु सबै लक्ष्मी देवकोटा मावि क्‍वारेन्टाइन कचनकवल झापामा रहेका थिए ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४९ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीको एक गरी ३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३८ हजार ७ सय ३६ परीक्षण गरिएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७७ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?