१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अस्पतालले लापरबाही गरेको भन्दै संक्रमितको परिवारले शव उठाउन मानेन

अन्त्येष्टि गर्ने भनिएको स्थान वरपरका स्थानीयको विरोध
घनश्याम गौतम

रूपन्देही — बिहीबार बिहान तिलोत्तमाको क्रिमसन अस्पतालमा मृत्यु भएका गुल्मीका कोरोना संक्रमित ४१ वर्षिय शिक्षकका परिवारले शव उठाउन सहमति नदिएपछि उनको शद्गद् हुन सकेको छैन ।

अस्पतालले लापरबाही गरेको भन्दै संक्रमितको परिवारले शव उठाउन मानेन

मृतकका परिवारले मृत्युको कारण कोरोना भनिएकोमा समेत आशंका प्रकट गरेका छ । क्रिमसन अस्पताल प्रशासन र चिकित्सकको लापरबाहीको छानबिनको माग गर्दै शव उठाउन परिवारले सहमति दिएको छैन ।

मृतकका भाइले निष्पक्ष छानबिनको माग आफूहरुको रहेको बताए । बिरामी एम्बुलेन्सबाट झरेर हिँड्दै अस्पताल छिरेको र अर्को दिन ढाडबाट पानी निकाल्ने क्रममा बेहोश बनाएपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको उनले बताए । उनको सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएको समाचार आएका दिनदेखि चिकित्सकले दाजुको उपचार नगरेको पनि उनले बताए । ‘उपचारै नगरिदिएका कारण दाईको मृत्यु भएको हो । यो लापरबाहीको छानबिन हुनुपर्छ,’ उनले भने ।

जिल्लाको सुरक्षा स्रोतका अनुसार शव जलाउने स्थानको पनि टुंगो लागेको छैन । मृत्युको १२ घण्टा बिते पनि उनको शव अस्पतालकै आइसियू कक्षमै छ । स्थानीय प्रशासनले सुरक्षाकर्मीले शव अस्पतालबाट लैजाने र तिलोत्तमा नगरपालिका–३ स्थित मगरघाटमा व्यवस्थापन गर्ने तयारी गरेको थियो । तर, स्थानीयले विरोध गरेपछि अर्को स्थानको व्यवस्थापन हुन सकेको छैन ।

प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले परिवारसँग छलफल भइरहेको र स्थानको समस्या नरहेको दावी गरे । शब व्यवस्थापनको जिम्मा जिल्ला संकट व्यवस्थापन केन्द्रको भएकोले केन्द्रले नै बैठक बसेर सबै कुराको टुंगो लगाउने तयारी गरेको उनले बताए ।

प्रकाशित : जेष्ठ ८, २०७७ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?