१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

कोरोना पीडितको अन्त्येष्टि गर्ने सैंजु र गैंजुलाई प्रोत्साहन

काठमाडौँ — कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको शवलाई गत शनिबार धुलिखेल अस्पतालबाट पशुपति आर्यघाट ल्याएर अत्येष्टी गर्न सघाउने अरुण सैंजु र राजेश गैंजुलाई प्रोत्साहन स्वरुप सहयोग मिलेको छ ।

कोरोना पीडितको अन्त्येष्टि गर्ने सैंजु र गैंजुलाई प्रोत्साहन

महाविपत्तिको बेला समाजमा मानवीय सेवा गरि सकारात्मक सन्देश प्रवाह गरेको भन्दै बिहीबार भैरहवा निवासी ८१ वर्षीया खगिसरा घिमिरेले सैंजु र गैंजुको समूह ‘आरएनए–१६’ लाई ५० हजार रुपैयाँ सहयोग गरेकी हुन् ।

दिवंगत पति थानेश्वर घिमिरे र आफ्नै नाममा स्थापित स्वर–सरा घिमिरे प्रतिष्ठानको तर्फबाट उनले सहयोग गरेकी हुन् । ‘विपद्को घढीमा उहाँहरुले उदाहरणीय काम गरेर देखाउनु भयो’, घिमिरेले भनिन्, ‘उहाँहरुलाई सबैले प्रोत्साहन दिनुपर्छ ।’

त्यस्तै घिमिरेले एसियन फर्मास्युटिकल्स र एनसिभीको समन्वयमा ८ थान पीपीई र ६० थान ह्याण्ड स्यानिटाइजर समेत ‘आरएनए–१६’समूहलाई उपलब्ध गराएकी छन् । फर्मास्युटिकल्सका दिपेश प्रधान र एनसिभीका यादव गौतमले भक्तपुर सुर्यविनायकस्थित सेनाको वीर दल गणमा पगेर समुहलाई नगद र स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।

नेपाल स्काउटका रोबर लिडर गैंजु र स्काउट मास्टर सैंजुको समूहलाई वीरदल गणले आपतकालिन शव व्यवस्थापनको तालिम दिएको थियो ।

कोही तयार नभएपछि यही समुहले धुलिखेल अस्पतालमा कोरोनाबाट मृत्य भएकी सिन्धुपाल्चोककी महिलाको शव व्यवस्थापनमा सघाएको थियो ।

यो पनि पढ्नुहोस्ः

जो निःसंकोच कोभिड–१९ ले मृत्यु भएकी महिलाको मलामी गए

प्रकाशित : जेष्ठ ८, २०७७ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?