कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

नारायणी अस्पतालबाट ९ जना डिस्चार्ज

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालमा उपचार गराइरहेका ७२ मध्ये ९ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित निको भएपछि शनिबार डिस्चार्ज भएका छन् । उनीहरुको पछिल्लो दुईवटा परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाए ।

नारायणी अस्पतालबाट ९ जना डिस्चार्ज

डिस्चार्ज हुनेमा पर्साका ३, बाराका २, रौतहटका ३ र १ जना भारतीय नागरिक छन् ।

गत वैशाख १४ मा डिस्चार्ज भई पुन: कोभिड पोजिटिभ देखिएपछि वैशाख १९ र २० मा भर्ना गरिएका वीरगन्जको एक मस्जिदमा पोजिटिभ पुष्टि भएका भारतीय नागरिक र रौतहट इशनाथ नगरपालिकाका युवकसमेत शनिबार निको भएर डिस्चार्ज भएको मेसु डा.उपाध्यायले बताए । वीरगन्ज महानगरपालिका २ का ३० वर्षीय, ३ का ५० वर्षीय, १६ का ५१ वर्षीय पुरुष डिस्चार्ज भएका छन् ।

यसैगरी बारा जितपुर सिमरा उपमहानगरपालिका ७ का ४३ वर्षीय र सिम्रौनगढ नगरपालिका ४ का ३१ वर्षीय पुरुष डिस्चार्ज भएका हुन् । रौतहट वृन्दावन नगरपालिका ८ का २४ वर्षीय र देवाही गोनाही नगरपालिका १ करुनीयाका २२ वर्षीय युवक निको भएर डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेसु डा.उपाध्यायले जनाए ।

शनिबार डिस्चार्ज भएका ९ पुरुष वैशाख १४ यता नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए । चिकित्सकका अनुसार उनीहरुमा कोभिड १९ को लक्षण देखिएको थिएन ।

नारायणी अस्पतालको आइसोलेसन वार्डमा ६३ जना संक्रमितको उपचार भइरहेको छ । यसैगरी नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा २५ जनाको उपचार भइहरहेको मेसु डा. उपाध्यायले बताए ।

प्रकाशित : जेष्ठ १०, २०७७ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?