२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

कोरोनाले ज्यान गुमाएकी महिलासँगै अस्पतालमा बसेकालाई संक्रमण

काठमाडौँ — टोखा नगरपालिकामा सोमबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू ३ र ६ नम्बर वडाका बासिन्दा हुन् ।

कोरोनाले ज्यान गुमाएकी महिलासँगै अस्पतालमा बसेकालाई संक्रमण

संक्रमितमध्ये एक जना कोरोनाले मृत्यु भएकी सिन्धुपाल्चोककी महिलासँगै त्रिवि शिक्षण अस्पतालमा बसेका व्यक्ति रहेको ३ नम्बर वडाध्यक्ष सिंहराज श्रेष्ठले बताए । ‘सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु भएपछि उनीहरू वडामा आएका थिए,’ उनले भने, ‘अस्पतालमा सँगै बसेको बताएपछि जेठ ७ गते स्वाब संकलन गरी पठाएका थियौं ।’ संक्रमितको ५ जनाको परिवार छ । जसमध्ये ३ जनाको स्वाब संकलन गरेर पठाउँदा एक जनामा पोजिटिभ देखिएको उनले बताए । ती व्यक्ति ज्याेतिषी पेसामा संलग्न छन् ।

त्यस्तै अर्का संक्रमित किराना पसल सञ्चालक रहेको ६ नम्बर वडाध्यक्ष महेश्वर केसीले बताए । ‘लकडाउनको अवधिमा पनि पसल सञ्चालनमै थियो,’ उनले भने । ती व्यक्तिको परिवारमा श्रीमती र ६ महिनाको बच्चा छन् ।

संक्रमित दुवैलाई अस्पताल पठाई कन्ट्याक्ट ट्रेसिङ सुरु गर्न लागिएको नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव कोषविलास बगालेले बताए । नगरपालिकाले तरकारी, औषधि, किराना पसल सञ्चालक तथा जनप्रतिनिधि गरी ३ सय ६ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पठाएको थियो ।

प्रकाशित : जेष्ठ १२, २०७७ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?