२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

भारतद्वारा सिड्नीबाट तीन र इन्डोनेसियाबाट एक नेपालीको उद्धार

जगदीश्वर पाण्डे

काठमाडौँ — भारतले अस्ट्रेलियाको सिड्नीबाट तीन र इन्डोनेसियाबाट एक नेपाली विद्यार्थीको उद्धार गरेको छ ।

भारतद्वारा सिड्नीबाट तीन र इन्डोनेसियाबाट एक नेपालीको उद्धार

नेपालस्थित भारतीय दूतावासका अनुसार सिड्नीबाट कास्कीका एकै परिवारका तीन जनाको सोमबार उद्धार गरिएको हो । नेपाली दूतावाससँगको समन्वयमा उनीहरूलाई इन्डियन एयरलाइन्समा दिल्ली ल्याइएको भारतीय दूतावासले जनाएको छ ।

यसरी आउनेमा अर्जुनप्रसाद तिमिल्सिना, विश्व तिमिल्सिना र मुक्तिप्रसाद तिमिल्सिना छन् । उनीहरूमध्ये एक बाबु र दुई छोरा हुन् । जेठो छोराको बोनम्यारोको ट्रान्स्प्लान्ट गर्नुपर्ने भएपछि उनीहरू दिल्लीको बीएलके अस्पताल आएका हुन् । एक छोराले अर्को छोरालाई बोनम्यारो दिँदै छन् । उनीहरू अहिले अस्पतालमा सुरिक्षत रहेको र तीनै जनाको कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको पनि दूतावासले जनाएको छ ।

यस्तै, चितवन रत्ननगर–९ की सेविका ढकाललाई गत शुक्रबार उद्धार गरिएको हो । उनी भारतकै हरियाणा राज्यको महाऋषि मार्कण्डेय विश्वविद्यालयमा अध्ययनरत थिइन् । बीबीए दोस्रो सेमेस्टरमा अध्ययनरत उनलाई कलेजले इन्डोनेसियाको एयरलंगा विश्वविद्यालयमा तीनमहिने ‘एक्स्चेन्ज कार्यक्रम’ अन्तर्गत पठाएको थियो । ढकाललाई इन्डोनेसियामा रहेको नेपाली दूतावाससँगको समन्वयमा उद्धार गरिएको हो ।

प्रकाशित : जेष्ठ १२, २०७७ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?