कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने, मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।  साँझ ५.३० बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने, मन्त्रिपरिषद् बैठक बस्दै

सम्वोधनको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रधानमन्त्रीको सम्वोधनअघि मन्त्रिपरिषद्को बैठक पनि बस्दै छ । बैठकमा विदेशमा समस्यामा परेका नेपालीलाई ल्याउने विषयमा छलफल हुने बताईएको छ ।

यसै विषयमा छलफल गर्न आईतबार नै मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । तर, अन्तिम समयमा बैठक स्थगित भएको थियो । त्यही बैठक सोमबार साँझ ५ बजे बस्ने भएको हो ।

पछिल्लो समय अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी भएपछि प्रधानमन्त्री ओलीले संसदमा सम्वोधन गरेका थिए । नयाँ नक्साअनुसार देशको निशान छाप बनाउनका लागि सरकारले सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ ।

नयाँ नक्सा, बढ्दो कोरोना संक्रमण र लकडाउन सम्वोधनका विषय हुनसक्ने एक मन्त्रीले बताए ।

प्रकाशित : जेष्ठ १२, २०७७ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?