नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको औपचारिक पुष्टि
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ४ पुगेको औपचारिक रुपमा पुष्टि गरेको छ ।
मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले कलैया ७ बाराका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको बताए । वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत उनको मृत्यु ८ दिनअघि अर्थात् जेठ ४ गते भएको थियो । श्वासप्रश्वास, निमोनिया, क्षयरोगलगायतका समस्या लिएर मृत्यु भएको ८ दिनपछि कोरोनाको रिपोर्ट पोजिटिभ आएको हो । उनको दाहसंस्कारसमेत गरिसकिएको छ ।
यसअघि सिन्धुपाल्चोकमा १, बाँकेमा १ र गुल्मीमा १ जना मृतकमा कोरोना पुष्टि भएको थियो ।
प्रतिक्रिया