१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बाहिरबाट आउनेको बेलैमा परीक्षण नहुँदा संक्रमण फैलियो : प्रधानमन्त्री

काठमाडौँ — ठूलो दु:ख खपेर मित्रराष्ट्र भारतबाट आएका नेपालीको बेलैमा परीक्षण हुन नसक्दा कोरोना संक्रमण फैलिएको देखिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । राष्ट्रका नाममा गरेको सम्बोधनमा उनले कोही पनि सुखले विदेशमा काम गर्न नजाने भन्दै देश फर्किएकाहरुलाई समयमै आफ्नो परीक्षण गराउन पनि फेरि आग्रह गरेका छन् ।

बाहिरबाट आउनेको बेलैमा परीक्षण नहुँदा संक्रमण फैलियो : प्रधानमन्त्री

यसका साथै उनले परीक्षण र क्वारेन्टाइनको व्यवस्थापनमा स्थानीय तहको भूमिका निकै महत्वपूर्ण भएको पनि बताए । उनले विदेशबाट फर्किएकाहरुको आत्मसम्मानमा ठेस पुग्नेगरी कसैलाई पनि नबोल्न र व्यवहार नगर्न पनि उनले आग्रह गरे । घर फर्किएकाहरुलाई चिकित्सकको सल्लाहअनुसार क्वारेन्टाइनमा बस्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।

विश्वकै अवस्था हेर्दा कोभिडको महामारी अझै केही समय रहने देखिएको भन्दै यसलाई समुदायमा फैलिन नदिन स्वास्थ्य मन्त्रालयले केही नयाँ कदमहरु चाल्ने पनि उनले बताएका छन् ।

मुलुक बाहिर रहेका नेपालीहरुलाई ल्याउने तयारी

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले मुलुक बाहिर रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागिसरकारले तत्काल विस्तृत योजनासहितको आदेश जारी गर्ने बताए ।

प्रधानमन्त्री ओलीले अप्ठ्यारोमा परेका नेपालीहरुलाई सरकारले समयमा नै उद्धार गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले समस्याको प्राथमिकता र देशभित्रको तयारीको सन्तुलन मिलाएर उद्धार गर्ने काम चाँडै नै गर्ने उनले बताए ।

यस्तै प्रधानमन्त्री ‌ओलीले धेरै संख्यामा कार्यरत नेपालीहरु रहेका देशका कार्यकारी प्रमुखहरुसँग गम्भीर संवाद गरेको र उनीहरुले आफूलाई नेपालीहरुको सुरक्षाको सवालमा आश्वासत पारेको बताए ।

प्रकाशित : जेष्ठ १२, २०७७ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?