२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नेपालीको मनोबल उच्च छ, रोग प्रतिरोधी क्षमता असाधारण छ : प्रधानमन्त्री 

निरोगी नेपाल निर्माणलाई ५ शुत्र

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कहिल्यै नहराउन सक्छ भन्ने संभावनालाई आत्मसात गर्दै यसको सामनाका लागि निरोगी नेपाल निर्माणको आह्वान गरेका छन् । साँझ केहीबेरअघि राष्ट्रका नाममा गरेको सम्वोधनमा उनले नेपालीको मनोबल उच्च भएको र रोग प्रतिरोधी क्षमता असाधारण भएको पनि बताए । 

नेपालीको मनोबल उच्च छ, रोग प्रतिरोधी क्षमता असाधारण छ : प्रधानमन्त्री 

उनले नेपालको प्राचीन खाद्य प्रणाली र भान्सामा प्रयोग हुने तत्वहरुले रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गरेको पनि बताए । निरोगी नेपाल निर्माण सरकारको प्रमुख लक्ष्य भएको बताउँदै उनले यसका लागि ५ वटा काम गर्न पनि देशवासीलाई आग्रह गरेका छन् ।

उपलब्ध आहारलाई स्वच्छ र सफा बनाएरमात्र खाने, लकडाउनको फुर्सदमा घरभित्रै प्रशस्त्र व्यायाम गरेर शारीरिक तन्दुरुस्ती कायम गर्ने सल्लाह उनले दिएका छन् । यस्तै भाइरस फोहोरमा रमाउने भन्दै उनले आफ्नो र बासस्थान वरपरको सरसफाइमा ध्यान दिन र पर्याप्त आराम गर्न पनि आग्रह गरेका छन् । उनले दिएको पाँचौं शुत्रमा मनोवल उच्च राख्ने छ ।

उनले अन्यको तुलनामा कोरोनाबाट मृत्यु हुनेको औषत थोरै भएको भन्दै यसलाई सबै मिलेर जित्नुपर्ने पनि बताएका छन् ।

प्रकाशित : जेष्ठ १२, २०७७ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?