१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कोरोना विरुद्धको लडाइँ चुनौतीपूर्ण र लामो छ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाइँ निकै चुनौतीपूर्ण र लामो छ भन्‍नेमा सरकार सचेत रहेको बताएका छन् । 

कोरोना विरुद्धको लडाइँ चुनौतीपूर्ण र लामो छ : प्रधानमन्त्री

सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्‍वका कतिपय मुलुकको तुलनामा कोरोना नियन्त्रणको तयारीमा नेपालमा प्रभावकारी भए पनि चुनौती अझै रहेको बताएका हुन् । 'विश्‍वका कतिपय मुलुकका तुलनामा महामारी नियन्त्रणको तयारीमा नेपालको प्रभावकारी छ तर त्यो ढुक्क भएर बस्ने स्थितिमा छैन', प्रधानमन्‍त्री ओलीले भने, 'कोरोनाविरुद्धको लडाइँ निकै चुनौतीपूर्ण र लामो छ भन्नेमा सरकार सचेत छ ।'

महामारी नियन्त्रणमा प्रारम्भिक दिनमा केही अलमल देखिए तापनि हालसम्म लिएका कदमहरु सफल रहेको उनको दाबी थियो । बेलैमा गरिएको लकडाउनले जनजीवन असहज बनाए पनि सामाजिक दूरी कायम गर्न, केसहरु पहिचान गर्न आइसोलेसनमा राख्न, संक्रमित व्यक्ति पत्ता लगाउन

मद्दत पुर्‍याएको उनले बताए । नेपालमा समयमै गरिएको लकडाउन, अन्तर्राष्ट्रिय उडान बन्द र समयमै तय गरिएको अस्तापल सञ्चालन कार्यविधिको तर्जुमा र तयारीले महामारीबाट हुने डरलाग्दो क्षतिबाट जोगाएको उल्लेख गरे ।

संक्रमित ६ नाघेकोले अब सरकार सबै अंगहरु चुस्त र प्रभावकारी बनाउन पर्ने आवश्यकता रहेको प्रधानमन्त्रीले बताए ।


प्रकाशित : जेष्ठ १२, २०७७ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?