कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

पहिलोपटक कोभिड संक्रमितको शल्यक्रिया

काठमाडौँ — कोभिड संक्रमित एक व्यक्तिको खुट्टाको शल्यक्रिया गरिएको छ । पाटन अस्पतालमा सोमबार उनको खुट्टाको अप्रेसन गरिएको हो । 

पहिलोपटक कोभिड संक्रमितको शल्यक्रिया

अस्पतालका सह प्राडा विमल पाण्डेले नेपालमा पहिलोपटक कोभिड संक्रमित बिरामीको शल्यक्रिया गरिएको बताए । उनले भने, 'हामीले पीपीई लगाएर शल्यक्रिया गरेका थियौं, बिरामीको अवस्था सामान्य छ ।'

शल्यक्रियाको टिममा डा पाण्डेसँग प्राडा सुमन श्रेष्ठ र सह प्राडा तोया भट्ट रहेका थिए ।

सर्लाही जमुनिया स्थायी घर भएका ती बिरामी एक हप्ताअघि सडक दुर्घटनामा परेर घाइते भएका थिए । उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । खुट्टा भाँचिएर उनको शल्यक्रिया गर्नुपर्ने थियो ।

उनी दुवाकोटस्थित केएमसी अस्पतालमा उपचाररत थिए ।


सम्बन्धित समाचार


प्रकाशित : जेष्ठ १२, २०७७ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?