कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसद विकास कोष कटौतीको माग

प्रतीक्षा काफ्ले

गण्डकी — गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लले सांसदलाई अब रकम नदिन माग गरेका छन् । मल्लले सांसदका लागि दिइने रकम स्वास्थ्य क्षेत्रमा लगानी गर्न सरकारलाई सुझाए । 

सांसद विकास कोष कटौतीको माग

मंगलबारको प्रदेशसभा बैठकमा कांग्रेस सांसद मल्लले सांसदको निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम नै कटौतीको माग गरेका हुन् । उनले एउटा रोगले विश्व नै संकटमा परेका बेला स्वास्थ्य संरचना र स्रोतसाधनको अभावलाई मध्यनजर गर्दै सरकारले ठूलो रकम स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने बताएका हुन् ।

गण्डकी प्रदेश सरकारले पहिलो वर्ष सांसदका लागि रकम छुट्याएको थिएन । व्यक्ति केन्द्रित बजेट ल्याउनु हुँदैन भनेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांसदका लागि बजेट दिएनन् । आव २०७६/७७ मा भने सांसदको माग पनि रहेको र केन्द्रीय सांसदले पनि आफ्ना लागि बजेट छुटाएको बताउँदै प्रदेशले ३६ निर्वाचन क्षेत्रलाई ७२ करोड रकम छुट्याएको थियो ।

प्रदेशसभा सदस्यले कोरोना भाइरसका कारण मुलुकमा परेको असरका बारेमा बोलेका थिए । उनीहरूले कोरोना संक्रमण रोक्न प्रदेश सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिए ।

यसैगरी रुकुम पश्चिममा भएको जातीय विभेदबारे पनि सांसदहरूले बोलेका थिए ।

प्रकाशित : जेष्ठ १३, २०७७ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?