कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा ९ जनाविरुद्ध मुद्दा

काठमाडौँ — सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुमाथि खोटाङ दिक्तेलको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन संलग्न भएको आरोप छ ।

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा ९ जनाविरुद्ध मुद्दा

अख्तियारले खोटाङका नापी कार्यालय प्रमुख सियाकान्त चौधरी, अमिन गणेशकुमार खिडहरी, मालपोत कार्यालयका प्रमुख यदुनाथ दाहाल, मालपोत अधिकृत कटकबहादुर खत्री, मालपोतका नासु भीमबहादुर खत्री, चन्द्रबहादुर कार्की खरिदार टेकबहादुर खड्का, अनि जग्गा दर्ताका लागि निवेदन दिएका गजेन्द्रकुमार थापा र रामबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।


प्रकाशित : जेष्ठ १३, २०७७ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?