कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गौरीफन्टाबाट एकैदिन ५ हजार भित्रिए

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट मंगलबार ५ हजार १ सय ५३ जना भित्रिएका छन् । भारतका विभिन्न सहरबाट कैलालीको गौरीफन्टा नाकाबाट दिनहुँ हजारौंको संख्यामा उनीहरु भित्रिरहेका छन् ।

गौरीफन्टाबाट एकैदिन ५ हजार भित्रिए

मंगलबार एकै दिन अहिले सम्मकै सबैभन्दा बढी भित्रिएका हुन् । नाकाबाट भित्रिनेहरु अधिकांश सुदूरपश्चिमका भए पनि कर्णाली र प्रदेश ५ का छन् ।

जिल्ला प्रशासन कैलालीका सूचना अधिकारी शिवराज जोशीले नाकामा पुगेकालाई सम्बन्धित पालिकाले बसमा लैजाने गरेको बताए ।

जोशीका अनुसार जेठ २ देखि मंगलबारसम्म साढे १७ हजार भन्दा बढी नेपाली गौरीफन्टाबाट भित्रिएका छन् । यसरी भित्रिनेको बुधबार मात्रै ७ सय ७५ जनाको आरडीटी परीक्षण गरिएको थियो । त्यसयता कुनै परीक्षण गरिएको छैन ।

बुधबार आरडीटी पोजिटिभ देखिएका ५ जनाको पीसीआरबाट पनि संक्रमण पुष्टि भइसकेको छ । उनीहरुको सेती अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : जेष्ठ १३, २०७७ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?