कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपतिले बुधबार साँझ शीर्ष नेताहरुसँग सामूहिक छलफल गर्ने

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बुधबार साँझ भेटघाटका लागि शीतल निवास बोलाएकी छन् ।

राष्ट्रपतिले बुधबार साँझ शीर्ष नेताहरुसँग सामूहिक छलफल गर्ने

राष्ट्रपति भण्डारीले समसामयिक विषयमा छलफल गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय ससद्‌का सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीलगायतलाई बोलाएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले कान्तिपुरलाई बताए ।

मुलुकमा पछिल्लो समयमा विकासित घटनाक्रम, कोरोना महामारी र लकडाउनलगायतका समसामयिक विषयहरुमा छलफल गर्नका लागि बुधबार साँझ ५ बजेका लागि विभिन्न राजनीतिक दल र तिनका प्रतिनिधिलाई बोलाइएको अधिकारीले बताए । लामो समयसम्म राष्ट्रपतिले सबै दलका नेताहरुसँग छलफल नगरेको र अभिभाकत्व भूमिका निर्वाह गर्नका लागि भेलाको आयोजना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले चियापानको कार्यक्रम आयोजना गर्न लागेको हो भन्ने जिज्ञासामा राष्ट्रपतिका स्वकीय सचिव अधिकारीले उल्टै प्रश्‍न गर्दै भने,'यो कोरोना महामारी र लकडाउनका बेला पनि काहीँ चियापनको कार्यक्रम हुन्छ ?'

प्रकाशित : असार १०, २०७७ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?