१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

विरोधपछि हटाइयो ओली र दाहालका लागि राखिएको सोफा

भीम रावलको प्रश्न- कम्युनिष्ट पार्टीको बैठकमा कुर्सीमै असमानता किन ?

काठमाडौँ — सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुले विरोध गरेपछि दुई अध्यक्षका लागि राखिएको सोफा हटाइएको छ । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बस्नका लागि मञ्चमा सोफा राखिएको थियो । अन्य नेताहरुका लागि कुर्सीको व्यवस्था थियो । 

विरोधपछि हटाइयो ओली र दाहालका लागि राखिएको सोफा

दोस्रो दिनको बैठकमा नेता भीम राववले बैठक कक्षको मञ्चमा दुई अध्यक्षका लागि छुट्टै सोफा किन राखेको भनेर प्रश्न गरेका थिए । नेता राववले कम्युनिष्ट पार्टीको बैठकमा कुर्सीमै असमानता किन भनेर प्रश्न गरेका थिए । यो सामन्तवादी प्रवृति भएको भन्दै उनले हटाउन माग गरे । उनले सोफा हटाउन माग गर्दा सबैले ताली बजाएर समर्थन गरेका थिए । त्यसलगत्तै अध्यक्षद्वयका लागि मञ्चमा राखिएका सोफा हटाईएको एक नेताले जानकारी दिए । त्यसपछि अन्य सदस्यलाई जस्तै अध्यक्षका लागि कुर्सीको व्यवस्था त्यहाँ भएको थियो ।

बुधबार बैठक सुरुवातका दिन वरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्षभन्दा पछि राखेको भन्दै कार्यालय सचिवलाई आफू बस्ने कुर्सी अगाडि सार्न लगाएका थिए । शुक्रबारबारको बैठकमा प्रधानमन्त्री ओली उपस्थित थिएनन् ।

नेकपाको माघमा बसेको केन्द्रीय कमिटी बैठकमा पनि नेताहरुले विरोध गरेपछि मन्ञ भित्तामा टाँसिएका दुई अध्यक्षका तस्बिर बैठकको बीचमै हटाएका थिए ।

प्रकाशित : असार १२, २०७७ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?