नेपालमा राजनीतिक हिंसा र आक्रमण कायमै : अमेरिका 

काठमाडौँ — अमेरिकाले नेपालमा सन् २०१९ मा कुनै पनि अन्तर्राष्ट्रिय आतंकवादी घटना नभए पनि अन्य राजनीतिक हिंसा र आक्रमण कायमै रहेको जनाएको छ । 

नेपालमा राजनीतिक हिंसा र आक्रमण कायमै : अमेरिका 

अमेरिकाको ब्यूरो अफ काउन्टर टेररिज्मले जारी गरेको ‘कन्ट्री रिर्पोट अन टेररिज्म–२०१९’ मा नेपालमा कमस्तरमा राजनीतिक हिंसा र ठूलो पूर्वाधार, सरकारी अधिकारी तथा स्थानीय रुपमा राजनीतिक दलहरुमा आबद्ध अधिकारीहरुमा आक्रमण भएको उल्लेख गरिएको छ ।

सन् २०१९ मा भएका उप–निर्वाचन वरपर मतदातालाई डराउन केही घटना राजनीतिलाई केन्द्रित गर्दै गरिएको थियो । त्यस्ता धेरैजस्तो आक्रमणलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टीले गराएको निष्कर्ष रिर्पोटमा छ । चन्द नेतृत्वको पार्टी सन् २०१५ मा पूर्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट फुटेर गएको हो । ‘नेपालको सुरक्षा निकायले लगातार रुपमा विप्लव समूहलाई निगरानी गरिरहेको छ,’ उक्त रिर्पोटमा भनिएको छ ।

भारततर्फ खुला सीमा, काठमाडौंमा देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल र अपर्याप्त सुरक्षा प्रोटोकलहरुका कारण नेपाल अन्तर्राष्ट्रिय आतंककारीहरुका लागि ट्रान्जिट वा रुटको रुपमा प्रयोग हुन सक्ने पनि रिपोर्टमा उल्लेख गरिएको छ ।

प्रकाशित : असार १२, २०७७ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?